MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

किसानको दु:ख कस्ट समाधान गर्न संघीय सरकारसँग मन्त्री साहको आग्रह

मधेशटप by मधेशटप
२०७७ पुष ३, शुक्रबार १९:५४
0
किसानको दु:ख कस्ट समाधान गर्न संघीय सरकारसँग मन्त्री साहको आग्रह

सप्तरी ३ मधेश टप :- चिनी मिलहरुबाट उखुबापतको भुक्तानी नपाएको भन्दै प्रदेश २ का किसान संघीय राजधानीमा आन्दोलनरत्त रहनुभएको स्थितिलाई हामीले अत्यन्त गम्भीरता एवं संवेदनशीलतापूर्वक नियालिरहेका छौं । संघीय सरकारको जिम्मेवारी र नियन्त्रित व्यवस्थाभित्र रहँदै आएको बिउबिजन, मलखादको उपलब्ता र बिक्रीवितरण प्रणाली तथा कृषिजन्य उत्पादनको मूल्य निर्धारण तथा भुक्तानीजस्ता आधारभूत कार्य व्यवस्थित, वैज्ञानिक र किसान हितकारी नहुँदा पहिल्यैदेखि लगानीअनुरुपको प्रतिफल प्राप्त नहुने मर्कामा परेका किसानहरुलाई सधैंभरि आफ्नो उत्पादनको रकम प्राप्त गर्न चिसो सिरेटोमा आन्दोलन गर्नुपर्ने बाध्यता छ ।

कृषिक्षेत्रबाट देशमा आर्थिक समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य किसानको आँखामा आँसु र अनुहारमा बोझिलो पीडाबाट सम्भव नहुने निश्चित नै छ । उखु किसानको सन्तापहरण गर्ने दायित्वप्रति संघ सरकारको बेवास्ता र उदासीनता दुर्भाग्यपूर्ण तथा चिन्तायोग्य छ । उखु किसानका भुक्तानी नहुने लगायतका समस्याका बारेमा प्रदेश सरकार निरपेक्ष रहन सक्दैन । वैधानिक रुपमा यावत् समस्यालार्ई समाधान गर्ने क्षेत्राधिकार र सामथ्र्य संघ सरकारको रहे पनि हामीले गत वर्षसमेत यस विषयलाई महत्वपूर्ण र अग्रप्राथमिकता भएको ठहर गर्दै उच्चस्तरीय समिति गठन गरी किसानहरुका समस्याबारे स्थलगत अध्ययन अवलोकन गरेका थियौं । उद्योगी(मिल सञ्चालक) र किसानहरुका बीच सार्थक एवं परिणाममुखी वार्ता गराई सदैवका लागि भुक्तानी समस्या सुल्झाउने ठोस तथा दिगो कार्यरुप तयार गर्न पहल गरेका थियौं । तर, उद्यागीहरुको अनिच्छा, अर्घेल्याइँ र उपेक्षाका कारण हाम्रो प्रयासले मूर्त रुप लिन सकेन । यद्यपि यस समस्यालाई तत्काल निराकरण गर्न अपेक्षित भूमिका इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्न प्रदेश सरकार तत्पर रहेको छ । उत्पीडन तथा सबैखाले भेदभावविरुद्धको जनसंघर्ष र स्वशासनको आकांक्षाबाट जनअनुमोदित प्रदेश २ सरकार किसानलाई लाचार र विवश बनाउने कुनै पनि शक्तिको दुस्साहसको सही, सटीक र सबल प्रतिकार गर्ने विश्वास दिलाउन चाहन्छु ।

अहिले भने किसान दाजुभाइ दिदीबैनीहरुको दुःख र कष्ट निपटारा गर्न सम्पूर्ण शक्ति तथा स्रोत उपयोग गरी तत्काल कार्यबाही थाल्न म संघ सरकारसँग आग्रह गर्दछु । शैलेन्द्रप्रसाद साह मन्त्री भूमि व्यवस्था, कृषि तथा सहकारी प्रदेश २

Previous Post

हट्दै गयो बिना विवाह बच्चा जन्माउने चलन

Next Post

को हुन् नेपाली परिकारलाई विश्वभर चर्चित बनाउने सेफ सन्तोष ?

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष ३, शुक्रबार १९:५४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष ३, शुक्रबार १९:५४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष ३, शुक्रबार १९:५४
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष ३, शुक्रबार १९:५४
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष ३, शुक्रबार १९:५४
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ पुष ३, शुक्रबार १९:५४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति