काठमाडौं : पछिल्लो २४ घण्टामा ७१० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ।
यस्तै शनिबार १ हजार १७५ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७७७ पुगेको मन्त्रालयले जनाएको छ। शनिबार मात्र कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ।
यस्तै अहिले ४२१ जना क्वारेन्टिन र ८ हजार ८४० जना आइसोलेसनमा रहेका छन्। नेपालमा हालसम्म कुल १८ लाख ६६ हजार २१० पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
Discussion about this post