
उमेश कुमार साह: २१ माघ शनिबार : पातो


सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १३ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको प्रतियोगिताको आज शनिबार एक कार्यक्रमको बीच उद्घाटन भएको छ।
मधेस प्रदेशका प्रदेश सभा सदस्य माननीय शम्भु कुमार साहको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको छ। खेलमैदानका लागि लगानी गर्ने भन्दै प्रमुख अतिथि साहले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ, स्थानीयको आशीर्वाद सहयोगको अपेक्षा गरेको छु , मेरो क्षेत्रमा युवा खेलाडीहरुको लागि प्रत्येक वडामा खेलमैदान र जग्गा उपलब्ध भए पछि स्टेडियम पनि तयार हुन्छ प्रमुख साहले बताए ।
कार्यक्रमका बिशिस्ट अतिथि डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख राम लखन मलाहले भने खेलकुदको बिकास गर्न नगरपालिकाका अलिकति पनि पछि नपर्ने प्रत्तिबद्द्ता व्यक्त गरेका छन । स्थानीयबासीको सहयोग रहेमा नगरपालिकाको प्रत्येक वडामा खेलकुदको ब्यस्थित मैदान तयार गर्न आफू प्रतिबद्ध रहने नगर प्रमुख मलाहको भनाइ रहेको थियो ।
कार्यक्रमको बिशिस्ट अतिथि डाक्नेश्वरी नगरपालिकाको उपमेयर मिरा कुमारी यादव , वडा नम्बर १० का वडा अध्यक्ष कुन्जीलाल चौधरी , यस वडाका वडा सदस्यहरु, पुर्व वडा अध्यक्ष युगेश्वर प्रसाद साह , जग्गा दाता परिवारका सदस्य सुर्य नारायण साह लगायतको स्थानीय बुद्धिजीवी , सल्लाहकार , स्थानीयबासी , प्रहरी/प्रशासन लगायत हजारौं संख्यामा खेल प्रेमीको उपस्थितिरहेको थियो।
आजबाट सुरु भएको खेलमा मधेस प्रदेशका विभिन्न जिल्ला लगायत भारत बिहारको गरि जम्मा १६ वटा टिमको सहभागीता रहेको खेलकुदका समितिले बताए । १३ औं गोल्डेन क्रीकेट क्लब बनौलाका अध्यक्ष सुन्देश्वर प्रसाद साहको अध्यक्षतामा कार्यक्रम भएका थिए भने आज भएको उद्घाटन खेलमा बनरझुला र बसन्तपुर बिचमा प्रतिस्पर्धा भएको थियो ।
गोल्डेन क्रीकेट क्लब बनौला सप्तरीको समितिगनको नामावली यसप्रकार रहेको छन अध्यक्ष सुन्देश्वर प्रसाद साह , उपाध्यक्ष – मो मुसा अन्सारी ,सचिब – राजेश कुमार मिश्रा , कोषाध्यक्ष – श्रवन कुमार चौधरी , सदस्य – महेन्द्र प्र साह , राजेन्द्र प्रसाद माझी , किसुन देव यादव र आजको कार्यक्रम संचालक यस क्लबका सचिब राजेश कुमार मिश्राले गरेको थियो । खेलमा हरिबलव माझी र मोहम्मद अमाउला अन्सारीले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।