
बाँके । बाँके प्रहरीले ब्राउनसुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगन्ज शाखाको संयुक्त प्रहरी टोलीले ४४ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित इन्द्रमणी गौतमलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार पुष १ गते ७ बजेको समयमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ एनटीभी रोडस्थित लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी तथा लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्ज शाखाबाट खटिएको प्रहरी टोलीले गौतमलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।
उक्त स्थानमा शंकास्पद रहेका कोहलपुर–१२ बस्ने ४५ वर्षीय गौतमलाई तलासी लिने क्रममा उनले लगाएका पाइन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर तौल गर्दा ४४ ग्राम ५२० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक इश्वर देव गिरीले जानकारी गराए ।नियन्त्रणमा परेका गौतमको खान तलासी गर्दा तौल गर्ने डिजिटल मेसिन थान १ समेत फेला परेको प्रहरी निरीक्षक गिरीले बताए ।


गौतमलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए ।पक्राउ परेका गौतम यसभन्दा पहिला जाजरकोट जिल्लामा लागू औषध चरेस मुद्दामा समेत पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेको समेत प्रहरी स्रोतले जनाएको छ ।लागू औषधमा पक्राउ परेका गौतमलाई लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार १० देखि १५ बर्ष कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ । भने पटकेको रुपमा उक्त सजायमा थप ५ बर्ष समेत सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको बताइएको छ ।1 ShareLikeCommentShare