काठमाडौं । बलिउड अभिनेता मिथुन चक्रवर्ती अहिले मसूरीमा डाइरेक्टर विवेक रञ्जन अग्निहोत्राको अपकमिङ फिल्म ‘द कश्मीर फाइल्स’को शूटिङ गरिरहेका छन् ।

रिपोर्ट्सका अनुसार शनिवार उनी शूटिङकै बेला अचानक ढलेका थिए ।

जसका कारण फिल्म शूटिङ समेत रोकिएको थियो ।

उनी फूड पोइजनिङका कारण सेटमै लड्न पुगेको बताइएको छ । उनी त्यो बेला आउटडोर एक्शन सीनको शूटिङ गरिरहेका थिए ।