काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य यो साताकै सस्तो भएको छ ।
बुधबारसम्म आइपुग्दा सुनको मूल्य आइतबार, सोमबार र मंगलबारभन्दा कम निर्धारण भएको नेपाल सुनचाँदी व्यवासायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज बजारमा छापावाल सुन तोलाको ९४ हजार र तेजावी सुन तोलाको ९३ हजार ५ सय मा कारोबार भैरहेको छ ।
यो मूल्य हिजो ९४ हजार ९ सय र तेजावी सुनको ९४ हजार ४ सय मा कारोबार भएको थियो ।
त्यस्तै सोमबार छापावाल सुन ९५ हजार २ सय र तेजावी सन ९४ हजार ७ सय मा कारोबार भएको थियो भने आइतबार यो मूल्य ९४ हजार ३ सय र तेजावी सुनको ९३ हजार ८५० मा कारोबार भएको थियो ।
सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्य १२ सय ६५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ । मंगलबार, सोमबार र आइतबार यो मूल्य क्रमस १३ सय १५, १३ सय २० र १२ सय ८० मा कारोबार भएको थियो ।
Discussion about this post