काठमाडौं । इजरायलमा फेरि एकपटक संसद् विघटन भएको छ ।

बुधवार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विटनको निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

संसद् विघटन पछि आगामी मार्च २३ मा आम निर्वाचनको घोषणा गरिएको छ ।

कोरोना महामारीलाई नियन्त्रण गर्न नसकेको भन्दै इजरायलमा केहि महिना यता प्रधानमन्त्री नेतान्याहूको आलोचना भइरहेको थियो ।

इजरायलमा दुई वर्षमा चौथो पटक आम निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया!!

सम्बन्धित खबर