दक्षिण कोरिया : दक्षिण कोरियामा जन्मदरमा कमी आएको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियामा गत वर्षको तुलनामा यसवर्ष जन्म दरमा कमी आएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुले गत वर्षको तुलनामा यस वर्ष कम्तीमा पनि १४ प्रतिशतले यहाँको जन्म दरमा कमी आएको बताइएका हुन्।
यस वर्षको अक्टोबरमा २१ हजार ९३४ जना बालबालिका जन्मिएका हुन् । ती अधिकारीहरुका अनुसार यो संख्या यसै महिनाको अघिल्लो वर्षको तुलनामा कम्तीमा पनि १४.४ प्रतिशत हुन आउँछ । यो जन्म दर दक्षिण कोरियामा सन् १९८१ देखि शुरु गरिएको यससम्बन्धी तथ्यांककै सबैभन्दा कम रहेको स्टाटिस्टीक्स कोरियाले जनाएको छ ।
दक्षिण कोरियामा युवतीहरुले उमेर धेरै भएपछि मात्र विवाह गर्ने प्रचलन बसेको छ । जसका कारण यहाँको जन्मदरमा कमी आएको पाइएको हो । सो महिना अर्थात् अक्टोबरमा पनि विवाह गर्ने महिलाको संख्यमा कमी आएको देखिएको छ ।
यसै वर्षको अक्टोबरमा पहिलो वर्षको सो महिनाको तुलनामा १९ प्रतिशत भन्दा कमले विवाह गरेका पनि सो तथ्यांमा पाइएको छ ।
Discussion about this post