दोहा (कतार) : गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार द्वारा २३ औ चरणको राहत बितरण कार्यक्रम आज सम्पन्न गरेका छन । विश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रणका क्रममा कतार सरकारको प्रराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयको निर्णय अनुसार क़तार च्यारेटि मार्फ़त प्राप्त खाद्यान्न सामाग्री, क़तारमा स्थापित विभिन्न नेपाली संघ संस्थाहरू बाट प्राप्त र उद्दार तथा राहत समितिमा आएका समस्याको बिबरण अनुसार गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले १० अक्टोबर२०२० देखि २६ डिसेम्बर २०२० का दिन सम्म २३ औं चरणमा विभिन्न संघ सस्थाहरुबाट प्राप्त विवरण र उद्धार तथा राहत समितिमा आएका खाद्यान्नको समस्याको विवरण अनुसार ४८९ जना पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाढीएको छ भने यो सङ्गै हाल सम्म कुल ८४२३ जना पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्न बाडिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराए। यस विषम परिस्थितिमा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि सम्मान ब्यहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ।

यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति एनआरएनए कतारले समस्यामा परेका नेपाली श्रमिक हरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको एनआरएनए एनसिसि कतार का अध्यक्ष मुक्तदाले जानकारी गराए । यस राहत बितरणका लागि दुताबास परिवार, आईसीसी प्रतिनिधि हरू, एनसीसी प्रतिनिधि हरू, उद्दार तथा राहत वितरण समितिहरु तथा सदस्यहरू, पत्रकारहरू तथा सम्पूर्ण स्वयमसेवक सदस्य हरू सहभागी रहेका थिए । यस कार्यमा सहभागी सम्पुर्णलाई अध्यक्षले मोक्तदाले धन्यवाद व्यक्त गरेका छ्न ।