रामएकवाल राम – दोहा (कतार) १० माघ। कतारको दोहा स्थित ग्रान्ड मल्लमा रविदास समाज सेवा कतार ग्रुपले भेटघाट तथा अन्तक्रिर्या कार्यक्रम गरेको छ।
शुक्रवार कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो कार्यक्रममा संस्थामा आवद्ध प्रवास कमिटि कतारले पछाडि पारिएका एवम समग्र दलित समुदायहरुको अधिकार स्थापना सहितका विषयमा वृहत् छलफल भएको समाजका अध्यक्ष पाण्डव महराले बताउनु भयो।
अध्यक्ष महराका अनुसार दलित समुदायहरु माथि भईरहेको हत्या हिंसा दहेज प्रथा समाजिक आर्थिक तथा राजनीतिकमा विभेदमा पारिएकोले अब हामी सबै मिली एकीकृत भएर अघि बढनुपर्ने जोड दिए।

रविदास समाज सेवालाई अब नेपाल लगायत विभिन्न देशमा यस संस्थालाई चाडै विस्तार गर्ने सचीव श्री नारायण रामले जानकारी दिनुभयो ।उनका अनुसार कार्यक्रममा ३० जना भन्दा बढीको उपस्थिति रहेको बताउनु भयो।