काठमाडौं । नेपालको मौजुदा राज्य व्यवस्था नै परिवर्तन हुन सक्ने योग बन्दै गएको ज्योतिषीहरुले बताउन थालेका छन् । ठूलो संघर्षपछि प्राप्त संघीय राज्य प्रणाली नै खारेज हुने उनीहरुले प्रक्षेपण गरेका छन् । 

२०७७ वैशाख १ गतेदेखि नै मुलुकको बनेको ग्रहहरुको योगले विदेशी चलखेल बढ्ने बताउँदै आएका ज्योतिषीहरुले आउँदो माघ महिनासम्ममा राजनीतिक परिवर्तन हुने दाबी गरेका थिए । उनीहरुको दाबीअनुसार अहिले प्रतिनिधि सभा विघटन भएसँगै मुलुक फरक बाटोमा अघि बढेको छ । निर्वाचनको मिति घोषणा गरिए पनि आशंका उब्जिएको छ ।

आजबाट गुरु शुक्रग्रह अस्त हुँदै : राजनीतिमा संकट, कोरोना नियन्त्रणमा सकारात्मक, बाँकीलाई कस्तो प्रभाव ?

यसअघि लामो समयदेखि ज्योतिष तथा वास्तुशास्त्रका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दै आएका दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव ज्योतिषी सुरेशचन्द्र रिजालले मुलुकमा राजनीतिमा संकट आउनेदेखि विभिन्न विषयमा भविष्यवाणी गर्दै आएका थिए । उनी क्यानडानेपालका अध्यात्म संवाददाता पनि हुन् । उनै ज्योतिषी रिजालले विद्वान ज्योतिषीहरुसँगको परामर्श र छलफलपछि निकालिएको निष्कर्ष यहाँ प्रस्तुत गरिएको छ । 

असार ७ गते दुर्लभ सूर्यग्रहण लाग्दै : कुन कुन राशिलाई फाइदा र हानि, विश्वभर कस्तो प्रभाव पर्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै  एसियाको तेस्रो र दक्षिण एसियाको पहिलो ठूलो कम्युनिष्ट पार्टी नेकपा विभाजनमा भएसँगै मुलुकमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ  । यसले पनि के देखाएको छ भने नेपालका नेताहरुमा  दूरदर्शिता नभएको पुनः एकपटक प्रमाणिात गरिदिएको छ।

यदी समयमा सावधानी अपनाउन र सहि परामर्श लिएर अगाडि बढ्न सकेको भए अहिलेको संकट टर्ने ज्योतिष रिजालले दाबी गरेका छन् । काम बिग्रिसकेपछि बनाउन भन्दा काम नबिग्रेउस भन्नका लागि धेरै उपायहरु अवलम्बन गर्ने सकिने उनले बताए । विभिन्न कोणबाट वर्तमान राजनीतिक संकटको विश्लेषण हुँदै गर्दा ज्योतिषशास्त्र अध्ययन गर्नेहरुले पनि ग्रह राशि तथा नक्षत्र हरुको सुक्ष्म अध्ययन गरिरहेका छन्  । 

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजसम्बन्धी ज्योतिषीहरुले निकालिएको निष्कर्ष, उनैहरुकै भाषामा :

नेपाल वैदिक, हिन्दु, तन्त्रात्मक भूमि हो । ऋषि महर्षीहरुको साधनास्थल माता लक्ष्मी तथा भगवान् गौतम बुद्ध जन्मिएको भूमि । पशुपति क्षेत्र जहाँ धन सम्पत्तिका मालिक लक्ष्मी र नारायण जन्मिएको देश । केही व्यक्तिले आफ्नो स्वार्थ पूर्तिका लागि धर्म, संस्कृति, संस्कार, सभ्यता र पहिचान मेटाउन खेजेकाले नै अहिलेको परिस्थितिमा देश पुगेको हो । शास्त्रमा बताइएअनुसार जुन जुन समयमा धर्मको अपहेलना हुन्छ । धर्म माथि कुदृष्टि पर्ने खोज्दछ त्यही समयमा धर्म जोगाउनका लागि अर्जुनको जन्म हुन्छ भनेर शास्त्रमा प्रस्टरुपमा व्याख्या गरिएको छ ।

शक्ति पीठहरुमा गर्दै आएकाे पूजा राेक्दा राष्ट्र प्रमुखहरुलाई अनिष्ट हुनसक्ने

कम्युनिस्टहरूले गीता पढ्ने, तर गीतामा के भन्न खोजिएको हो भनेर कहिल्यै पनि नबुझेकाले देशले पुनः परिवर्तन खोजेको हो । प्रधानमन्त्रीले अहिले नयाँ मृगौला फेरेपछिको उनको पुनर्जन्म भएको हो । उनको पुनर्जन्म नकारात्मक सोचभएकाहरुलाई ठेगान लगाउ र आध्यात्मिक सोच र चिन्तन भएकाहरुलाई अवसर दिनकै लागि जटिल स्वास्थ्य परिस्थितिमा पनि उनलाई दैवीक तथा ब्रह्माण्डिय शक्ति प्राप्त भएको ज्योतिषिले विश्लेषण गरेका छन्  । प्रधानमन्त्रीले यस्तो कठोर निर्णय गर्लान् भनेर सायदै थोरै मानिसले मात्रै परिकल्पना गरेका थिए, जुन सत्य साबिक भयो । 
अवको अवस्थामा प्रधानमन्त्री ओलीले अदालतको आदेशलाई शिरोपर गर्दै पुनः कठोर निर्णय लिनसक्ने ग्रहदशाले देखाएको छ सम्पूर्ण ग्रहदशाले उनलाई भरपुर सहयोग गर्नेछन् ।

१ देशमा उनले संघीयता सदैका लागि बिदा गर्नेछन् अब केही समयपछि देशमा संघीयता रहनेछैन यो पूर्णरुमा खारेज हुनेछ । 

२ समानुपातिक प्रणालीबाट संसद् हुन पाउने नियमलाई  पनि सदाका लागि प्रधानमन्त्रीले विदा गर्नेछन् र अनावश्यक रुपमा हुने खर्च कम गरेर सुखी नेपाली र समृद्ध नेपालको नारालाई पूर्णतया सार्थक बनाउने प्रयास गर्ने छन्  ।

सनातनदेखि चलिआएको धर्म, संस्कृति, संस्कार र सभ्यताको पुनर्बहाली गर्दै धर्म निरपेक्ष भन्ने शब्दलाई पनि पूर्णरुपमा नेपालको संविधानबाट हटाउने छन् र पुनः निर्वाचनको मिति तयार गरि एकतन्त्रीय व्यवस्था हुनेगरी कुनै पनि राजनीतिमा नलागेका स्वतन्त्र जीवन बिताएका एक व्यक्तिलाई देशको ताला चावी बुझाए विश्राम लिने छन्  ।

उनको निग्रानीमा रहने गरि राजसंस्थालाई पुनर्जन्म गराउने कार्यमा केपी शर्मा ओली लागिपर्ने छन् । उनको यस्तो कदमको विरोध र अवरोध पु¥याउने खोज्ने जो कोहीलाई जेल पठाउने निर्णय गर्ने सक्ने ज्योतिषीहरुले विश्लेषण गरेका छन् ।