काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज सोमवार तीन वर्ष पूरा गरेको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले आज वर्तमान सरकारका तीन वर्षका ‘उपलब्धि’हरु सार्वजनिक गर्ने भएका छन् ।
बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट सरकारको उपलब्धि सार्वजनिक गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । गत २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते नेकपाकोतर्फबाट ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।
सरकारका तीन वर्ष पुगेकै उपलक्ष्यमा भूकम्पपश्चात् पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवनको उद्घाटन गरी त्यहीँबाट सरकारका उपलब्धिबारे जानकारी दिइने थापाले जनाएका छन् । २०७२ सालको विनाशकारी भूकम्पले सिंहदरबारको पूर्व,उत्तर र दक्षिणतर्फ भवन क्षतिग्रस्त तुल्याएको थियो ।
प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण गरिएपछि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहीँबाट सञ्चालन हुनेछ ।
Discussion about this post