जनकपुरधाम : सुनको भाउ ८ महिनापछि ९० हजारभन्दा तल आइपुगेको छ । २०७७ असार महिनाको सुरुवातमा ८० हजार को हाराहारीमा कारोबार भएको सुन त्यसयता ९० हजार आसपासमा कारोबार भइरहेको थियो । असार ५ गते सुन प्रतितोला ८९ हजार ४६० रुपैयाँमा किनबेच भएको तियो । त्यसपछि भने पहिलो पटक फागुन ५ गते सुन प्रतितोला ९० हजार भन्दा मुनि रहेको हो ।
सुनचाँदी व्यवसायीका अनुसार कारोबार मन्द हुँदा र अन्तर्राष्ट्रिय बजारमा पनि सुनेका भाउ घटिरहेकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको हो ।
मङ्गलवार वृद्धि भएको सुनचाँदीको मूल्यमा बुधवार गिरावट भएको छ । फागुन ५ गते, बुधवार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बुधवार सुनसँगै चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँमा किनबेच हुँदै छ । अघिल्लो कारोबार दिन चाँदी २० रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँ पुगेको थियो ।
Discussion about this post