- नरेन्द्र महताे
गाैशाला : प्रत्येक वर्ष झै यस वर्ष पनि माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व मंगलवार देश भर लगायत महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेका निजि तथा सामुदायिक विधालयहरुमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी वुधवार समापन्न गरिएकाे छ।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकारेका छन विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गरे । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका गरेका छन ।यता सरस्वति माताकाे पुजा पाठकाे दिन भए पनि विधालयमा संस्कृति कार्यक्रमका नाममा असलिल गितले नराम्राे लागेकाेमा अभिभावहरुले असन्तुष्टि प्रकट गरेका छन। भाेजपुरी गितहरुले मनलाई छिया छिया पारेकाे र विधालयमा सांस्कृति कार्यक्रम नभएर अारकेअस्ष्ट्रा भईरहेकाे अभिभावकहरुले अनुभव गरेकाे जनाए।
संगित राम्राे भए पनि पुजा पाठकाे दिनमा असलिल गितले समाजिक वतावर्णमा असर पार्न सक्छ उहाँहरु तर्क रहेका थिए तर अाउने दिनमा सांस्कृति कार्यक्रमकाे नाम असलिल गित तथा भाेजपुरि गितमा नाच, डान्स बन्द गरे अति राम्राे हुने थिए बरु विधार्थिहरुले अा अाफ्नाे अवाजमा गितहरु सिकेकाे भए अति राम्राे हुने थिए तर त्याे नदेखेकाेले शिक्षकहरु यस तर्फ विचार नगरेकाेले अगामि दिनहरुमम विचार गर्न सुझाव पनि दिए। सरस्वति माताले हामि सवैलाई कल्याण गरुण।
Discussion about this post