काठमाडौँ : प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भएका तिलक परियार अदालत जाने भएका छन्।
शुक्रवार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखबाट पदमुक्त गरेपछि उनले अदालत जाने निर्णय गरेका हुन्।
प्रदेश प्रमुखको रुपमा आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभएको तथा निष्पक्ष र इमान्दारीका साथ आफ्नो काम गर्दै आएपनि गुट उपगुटको राजनीतिमा आशंकाको भरमा पदमुक्त गरिएको परियारले गुनासो गरे।
उनले आफूलाई कुनै स्पष्टिकरण दिने अवसरसमेत नदिएको र बिना जानकारी पदमुक्त गरेकोले अदालत जाने बताए। आफूलाई बिना कारण पदमुक्त गर्नु व्यक्तिगत मात्र नभइ सिङ्गो दलित समुदायमाथिको आक्रमण रहेको उनको ठहर छ।
परियारलाई पदमुक्त गरेर राजेश झालाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरिएको छ।
Discussion about this post