जनकपुरधाम : समाजवादी प्राध्यापक संघको केन्द्रिय उपाध्यक्ष नबल किशोर यादव ज्यूको उपस्थितिमा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले आफ्नो मन्तव्य राख्दै भने ।

शान्तिपूर्ण वातावरणमा रही सामाजिक दूरी र आपसी सदभाव कायम गरी होली मनाउन आग्रह गर्नु भयो।साथै जुन हाम्रो मिथिलाको संस्कृति दिन प्रति दिन लोप हुन लागेको छ त्यसलाई बचाउन अति आवश्यक रहेको समेतमा जोड दिनु भयो।

साथै प्राध्यापक संघको उपाध्यक्ष द्वारा पनि चिन्ता व्यक्त गर्दै हाम्रो संस्कृति बचाउनु पर्नेमा जोड दिनु भयो र सामाजिक हिसाबले जनचेतना जगाउने कार्य गर्नु पर्छ। उक्त कार्यक्रममा सिन्हा हेल्थ फाउन्डेसनका क्याम्पस प्रमुख पुनम साह लागायात प्राध्यापक संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

यस साथ माननीय प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रिले प्राध्यापक संघ द्वारा आयोजित होली मिलन कार्यक्रम सम्पन्न भयो ।