मधेश टप डेस्क अर्थ राज

जनकपुरधाम, चैत २८ गते

धनुषाको लक्ष्मीनियाँमा पशुपालन व्यवस्थापन तथा उपचार तालिम सुरु भएको आज दुइ दिन देखि चलिहरेको छ ।

महिला साना किसान तथा कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रबारदेखि श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयमा दुई दिवसीय तालिम सुरु भएको हो ।स्थानीय स्त्तरमा महिला उद्यमको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरेको संस्थाका प्रवन्धक सरोज यादवले जी जानकारी दिए ।

उनका अनुसार संस्थाकी अध्यक्ष बबिता यादवले उद्घाटन गरेको तालिममा इच्छुक सदस्यहरुको सहभागिता रहेको छ । न्युनत शुल्कमा महिला उद्यमको गर्नका लागि आफ्ना सेयर सदस्यको लागि तालिमको आयोजना गरिएको छ ।

पहिलो दिनको तालिममा नुतनकुमारी मिश्रा र प्रबन्धक सरोज यादवले सहभागि महिलाहरुलाई प्रशिक्षण दिएका छन् ।

यस्तै, दोस्रो दिन पशु विज्ञ इन्द्रदेव साह, भेटनरी अधिकृत राजकुमार साह र साना किसान रघुनाथपुरका प्रबन्धक दिपनारायण पुर्वेले दिने आयोजक संस्थाले जानकारी दिए । आयोजक संस्थाका प्रबन्धक यादवले पशुपालन कर्जा र पशु विमाको महत्तव सम्बन्धि प्रशिक्षण दिएको थियो ।

संस्थाले सदस्यहरुको लागि नयाँ योजनासमेत ल्याएका छन् । अगामी दिनमा संस्थाले एसईपी परियोजना अन्तरगत बैदेशिक रोजगारीमा जाने मानिसलाई विना धितो ऋणको व्यवस्था गर्नुको साथै विभिन्न दश शिर्षकमा तालिम पनि दिने बुझिएको छ ।

संस्थाका प्रबन्धक यादवका अनुसार माछापालन र कुखुरापालन गर्ने किसानको लागि सुल्भ ऋण र बजारको व्यवस्था गर्ने छन् । त्यस्तै, तरकारी खेती गर्ने किसानको लागि नेपाल कृषि सहकारी केन्द्रीय संघको सहयोगमा बजारको वयवस्था गर्ने प्रबन्धक यादवको भनाई छ ।