काठमाडौं । ८ वर्ष अघि विवाह गरेका भरतकुमारलाई आफ्नो श्रीमतीको अरु कसैसंग पनि सम्बन्ध छ भन्ने शंका थियो । उनी श्रीमतीलाई रंगेहात पक्राउ गर्न चाहन्थे । त्यो समय एक दिन आयो । उनले श्रीमतीको प्रेमीलाई संसारवाटै विदा गरिदिए । यो घटना भारतको बंगलोरमा भएको हो ।

श्रीमतीलाई रंगेहात पत्ता लगाउन उनी कार्यालयवाट आएपछि आफ्नो कोठाको खाट मुनी लुकेर बसे ।

श्रीमतीले थाहा नपाउने गरी उनी खाटमुनी लुकेर बसेका थिए । उनी पेशाले सिकर्मी थिए । भरतलाई उनकी श्रीमती र शिवराज नामको मान्छेसंग सम्बन्धमा छन् भन्ने शंका थियो।त्यसपछि मात्र उनले आफ्नी श्रीमतीलाई रंगेहात पक्राउ गर्न यो योजना बनाए । बुधवार राती, भरत दिउँसो २।०० बजेतिर घर आए र आफ्नो कोठाको खाटमुनि लुके। भरत आइपुगेको करिब डेढ घण्टा पछि शिवराज पनि उनको घरमा पुगे।