विसुन देव सरदार

सिरहा : सप्तरीको बुद्धिलाल विद्या मुनार नमुना माध्यमिक विद्यालयमा प्राविधिक धार तर्फ बाली विज्ञान कक्षा सञ्चालन गर्नुपर्नेमा प्रदेश न.२ का टोली द्वारा अनुगमन कार्य सम्पन्न गरेको छ।

प्राविधिक शिक्षालय तथा व्यवसायिक तालिम परिषद ( सी . टि . ई . भी . टी . ) प्रदेश न. २ बाट निरीक्षणको लागि अवलोकन तथा अनुगमन कार्य सम्पन्न गरिएको छ।

लहान प्राविधिक शिक्षालयका प्रमुख राजेन्द्र प्रसाद चौधरी र कृषि विभाग प्रमुख पृतम लाल चौधरी बुद्धिलाल विद्या मुनार नमुना माध्यमिक विद्यालयबाट प्रतिनिधि उपस्थिती थियोे ।

त्यसैगरी प्राविधिक धार ( आएस्सी ) एजी तर्फका प्रमुख तुलसी दास चौधरी , उपप्रमुख रामाकान्त चौधरी
प्रशासन तर्फबाट विद्या सागर चौधरी लगायत सम्पूर्ण शिक्षक , प्रशिक्षक , कर्मचारी उपस्थितिमा समसामयिक विषय वस्तुमा स्तर सुधार गर्नुपर्ने विषयमा विशेष छलफल तथा अन्तरक्रिया गरिएको हो ।
श्री बुद्धिलाल विद्या मुनार नमुना माध्यमिक विद्यालय प्राविधिक धार बाली विज्ञानका लागि छुट्टै भवन निर्माण समेत गरिएको छ।

भौतिक पुर्वाधार तथा भवन लगायत हरेक पक्ष सवल रहेको मार्फत खवर प्राप्त भएको छ।
अनुगमन कार्य पछि छिट्टै नै कक्षा सञ्चालन लगायत महत्त्वपूर्ण कार्यहरुलाई अगाडि बढाउने सहभागी कार्यक्रममा दर्जनौं उच्च पदाधिकारीहरुको सहभागी रहेको लक्ष्मी नारायण यादवले बताए ।