एजेन्सी । विश्वमै दुर्लभ उदाहरणको रुपमा मालीकी एक महिलाले ९ वटा बच्चा एकै पटक जन्माएकी छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ती बच्चा मध्य ५ वटा छोरी र चार वटा छोरा रहेका छन् ।

माली सरकारले आमा र सबै बच्चा स्वस्य रहेको जनाएको छ । उनले मोरक्कोमा ती बच्चाहरु जन्माएको बताईएको छ ।
हलिमा सिस्से नामकी २५ वर्षे युवतीलाई राम्रो हेरचाहका लागि मोरक्को पठाईएको थियो ।

शुरुमा चिकित्सकहरुले पेटमा ७ बच्चा रहेको अनुमान गरे पनि पछि ९ वटा बच्चा जन्मिएको थियो ।
विना अप्रेसन सिजेरियन विधिबाट ती बच्चा जन्माईएको बताईएको छ ।