• रमेश चन्द्र झा 

जनकपुरधाम :  धनुषाको लक्ष्मिनियाँ गाउँपालिकाको श्री लक्ष्मीनियाँ जनता मा.बि.कुम्हरौडामा बिगत बर्ष क्वारेन्टाइन बनाइएको थियो सो को १ बर्ष बितिसक्दा पनि त्यहाँ प्रयोगमा ल्याइएको फलामे खाट, डसना, जाजिम( तन्ना), प्लास्टिक बालटिन,डसट विन जस्ता अनेकौं समान बिद्यालय प्राङ्गणमा जथाभावी फालेको देखियो जहाँ सो पश्चात् कक्षा संचालन पनि भएको थियोे सो को उपयुक्त ब्यबस्थापन किन? हुन सकेन भनेर बि.प्र.अ सङ्ग सोधपुछ गर्दा वहाँको भनाइ अनुसार गाउँ पालिका प्रमुख र अध्यक्षलाई पटकपटक ब्यबस्थापन गर्न आग्रह गर्दा बेवास्ता गरेको कुनै चासो नलिएको बाध्य भएर यस्तै अवस्थामा पुनः कक्षा संचालन गर्नु परेको थियो भनेर जवाफ् दिनु भयो।

यतिकै होइन यश लक्ष्मीनिया गाउँ पालिका भित्र कुनै पनि विद्यालयमा बिधालय ब्यबस्थापन समिति गठन नगरि प.सं. २०७६/०७७ को च.नं ४७८ मा मिति २०७६/८/२२ मा पालिका कै एउटै उक्त लक्ष्मीनिया गाउँपालिकाको वडा ७ मा लक्ष्मीनिया मा बि कुम्हरौडामा विद्यालय ब्यबस्थापन समिति नरहेकोले अर्को समिति गठन नहुनजेल सम्मको लागि विद्यालय सम्बन्धि सम्पुर्ण काम गर्ने त्यहाँको वडा समितिको निर्णयनुसार काम काज गर्ने/गराउने सहित पत्र विद्यालयलाई गाउँपालिका प्रमुखले दिएको र सो अनुसार विद्यालय ब्य.स. नै कायम गरेको पटकपटक प्र. अ.र शिक्षा संयोजकलाई ब्यबस्थापन समिति गठन प्रक्रियामा ल्याउन आग्रह गर्दा पनि बेवास्ता गरेको र मलाई मुद्दामा गएर निशेध आज्ञा ल्याउन गैर जिम्मेवार देखाउनु भएको थियो।

वडा अध्यक्ष नै जिम्मा पाएर पनि सो फोहोरको ब्यबस्थापन नगरेको गैर जिम्मेवार भएको निकै दु:खद हो। जब कि शिक्षा सम्बन्धि ज्ञान निजलाइ कति ?को होला भन्ने आकलन गर्न सकिन्छ।

संबंधित निकायलाई सो फोहोर ब्यबस्थापन गरिदिन र उक्त गाउँ पालिकाले बिधालयलाई दिएको पत्र फिर्ता लिइ अर्को विद्यालय ब्यबस्थापन समिति गठन प्रक्रियामा जान पत्र जारी गराइ दिन ध्यानाकर्षण गराउन चाहन्छौ।