धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोद कुमार मण्डलको कोरोनाको कारण मृत्यू भएको छ । मिथिला विहारी नगरपालिकाका नगर प्रमुख अनिलकुमार यादवका अनुसार वडा अध्यक्ष मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । 

वडा अध्यक्ष विनोद कुमार मण्डललाई करिब दुई सातापूर्व ज्वरो, रुघाखोकी सहितको लक्षण देखिएपछि गाउँमै औषधी सेवन गरी निको भएका थिए । तर निको भएको दुई दिनपछि उनी पुनः विरामी परेको नगर प्रमुख यादवले बताए । त्यसपछि उनको उपचार धनुषा अस्पतालमा भएपछि निको भई घर फर्केका थिए । त्यसको केहि दिनपछि वडा अध्यक्ष मण्डललाई श्वासप्रश्वासमा समस्या आउनथालेपछि उनको उपचार चन्द्रकला देवी अस्पतालको आईसियू कक्षमा भर्ना गराइएको थियो । 

तर आज विहान वडा अध्यक्ष मण्डलको मृत्यू कोरोना संक्रमणकै कारण मृत्यू भएको नगर प्रमुख यादवले बताए ।