जनकपुरधाम ५ जेष्ठ (मधेश टप): आज बुधबार बिहान करिब पौने ६ बजेतिर उपत्यका लगायत अन्य ठाउहरुमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।  यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।