जनकपुरधाम (मधेश टप): सरकारी ऋण बढ्दै गएको तथ्यांकले देखाएको छ । हालसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०७७–७८ को फागुनसम्म १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।
कुल गार्हस्थ उत्पादनमा तिर्न बाँकी ऋणको हिस्सा ३७.३ प्रतिशत पुग्ने सर्वेक्षणमा भनिएको छ । आर्थिक वर्ष २०७६–७७ मा १४ खर्ब १९ अर्ब रुपैयाँ पुगेकोमा चालु आर्थिक वर्षमा १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । यस आधारमा एक नेपालीको थाप्लोमा करिब साढे ५२ हजार रुपैयाँ ऋणभार रहेको छ ।
सार्वजनिक ऋणमा बाह्य ऋण ५४.९ प्रतिशत र आन्तरिक ऋण ४५.१ प्रतिशत रहेको छ ।
Discussion about this post