एजेन्सी : इजरायलले अल जजिरा अरेबिककी पत्रकार गिभाराबुढिरी रिहा गरेको छ । शनिबार पूर्वी जेरुसलेनम नजिकैको शेख जर्रामा भएको प्रदर्शनको समाचारमा संकलन गर्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि इजरायली प्रहरीले घण्टौंसम्म उनलाई हिरासतमा राख्यो । यस क्रममा अलजजिराका क्यामेराम्यान नबिल माज्जावीमाथि पनि दुव्यवर्हार भएको थियो ।

उनले  बोकेका उपकरणहरु इजरायली प्रहरीले फुटाइदिएको अलजजिराले जनाएको छ । प्रेस स्वतन्त्रतामाथिको यस हमलाको मिडिया पर्यवेक्षक तथा विभिन्न संघ संस्थाहरुले विरोध गरेका थिए ।

‘उनीहरु चारैतिरबाट आएका थिए । किन आए भन्ने थाहा भएन ? उनीहरुले मलाई लछारेर पर्खालमा लगे,’ शनिबार रिहा भएलगत्तै बुढिरीले भनिन्, ‘उनीहरुले लात्ता हान्दै मलाई कारभित्र लगे, नराम्रो व्यवहार गरे ।

उनीहरुले सबै लात वर्साइरहेका थिए,’ उनले भनिन् । बुढिरीले आफुमाथि नियमवस हमला गरिएको बताइन् । उनी सन् २००० देखि अल जजिरामा कार्यरत छिन्, त्यस्तै, उनले प्रेस लेखिएको ज्याकेट पनि लगाएकी थिइन् ।

त्यसका बाबजुद आफुमाथि अपराधी सरह व्यवहार गरिएको उनको अरोप छ ।

नक्साको ५४ औं वर्षगाठबारे रिर्पोटिङ गर्न बुढिरी त्यहाँ पुगेकी थिइन् ।
ईजरायलले पूर्वी जेरुसलेम, वेस्ट बैंक र गाँजापट्टीमा सन् १९६७ यता कब्जा जमाउँदै आएको छ, प्यालेस्टाइनीहरुले यी स्थान इजरायलको अधिनमा पुगेको दिनलाई कालो दिनका रुपमा सम्झना गर्छन् ।