काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै, यूरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र विक्रीदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ ।

पाउण्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ९९ पैसा र विक्रीदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ भने स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४२ पैसा र विक्रीदर ९० रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी, रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा र विक्रीदर ३१ रुपैयाँ २६ रुपैयाँ रहेको छ । आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र विक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ ।