पवन प्रसाद साह 

काठमाडौं  असार ०१ : अर्पण गरिबी निवारण नया बानेश्वर काठमाडौंको आयोजना , APEIRON को सहयोग र काठमाडौं महानगर पालिका वडा न.१० नया बानेश्वरको समन्वयमा आज ६० जनालाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।

काठमाडौं महानगर पालिका वडा न.१० देबिनगर बानेश्वर काठमाडौंमा एक कार्यक्रम बीच चामल -६० बोरा १८०० केजि , दाल १८० केजि , तेल -१२० लिटर , नुन – १२० केजि , चिनी-१२० केजि , साबुन -२४० पिस , अक्सिमिटर -६ पिस , सेनिटाईजर -५ लिटर प्रती व्यक्तीका दरले ६० जनालाई , स्प्रे बोतल -६० पिस , माक्स – १८० प्याकेट , सेनिटरि प्याड – ३६० पिस , ग्लोब्स -१२० पिस खाद्यान्न तथा स्वास्थ्य सामग्री बितरण गरिएको अर्पण गरिबी निवारणका अध्यक्ष अर्पण खड्काले जानकारी दिनु भयो।