मधेश टप 

कपिलवस्तु ५ असार: समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेको छ । पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ ।

मेलम्ची नदीमा मिति २०७८ असार १ गते (१५ जून २०२१), मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएको छ । बाढीले ठुलो जनधनको क्षती भएको छ ।

यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, समर्पणले संयुक्तरूपमा राहत एवं उद्यार कार्य शुरु गरेको छ ।

विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ समर्पणका संयुक्त राहत टोलीले शनिबार मेलम्चीका बाढिपीडितलाई सहयोग एवं राहत स्वरुप निम्न सामग्रीहरु उपलब्ध गराएको छ ।

1. थाल 100 पिस

2. गिलास 100 पिस

3. कटोरा 100 पिस

4. फ्राईपिन ५ पिस

5. कम्बल 100 पिस

6. प्रेसर कुकर २५ पिस

7. त्रिपाल 122 पिस

8. ग्याँस चुलहा 48 पिस

9. छुलहा पाइप 48 पिस

10 डिनर प्लेट 72 पिस

11 थरमस 48 पिस

12 कराई ८ पिस

13. रासन प्याकेट 200 पिस रासन सामाग्रीहरु प्रति प्याकेट

1. चामल १० किलो 2. दाल २ किलो 3. तेल १ लिटर 4. चना २ किलो 5. सोयाबिन २०० ग्राम 6. चिउरा २ केजि 7. नुन १ पाकेट 8. बेसार १ पाकेट 9. मिक्स मसला १ प्याकेट 10. खुर्सानी १ प्याकेट 11. चाउचाउ १० प्याकेट 14. मच्छर धुप आगामी चरणहरुमा थप सहयोग सामग्री उपलब्ध गराउन प्रयास गरिने विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारले बाताउनु भयो|