काठमाडौँ । लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा एमालेमा फर्किएकी छन् । केही दिनयता सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी वली खत्रीले आफू एमालेमा रहेको बताएकी छिन्।सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफू एमालेको संसदीय दलमा नै रहेको जानकारी दिएकी छिन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र एमाले ब्यूँताएपछि वलीले माअ‍ोवादी केन्द्र रोजेकी थिइन् ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित सांसद वलीले विपक्षी गठबन्धनले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएकी छन् । उनले आफू सूर्य चिन्हबाट विजयी भएकाले एमालेमै रहने स्पष्ट पारेकी हुन् ।

आज लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका बहुमत सांसदले हस्ताक्षर बुझाएका थिए ।