काठमाडौँ । सरकारले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.आरपी बिच्छालाई जिम्मेवारी दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्रोतका अनुसार उनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।यसअघि उनी कान्ति बाल अस्पतालको निर्देशकको रुपमा काम गरिरहेका थिए। ।विभागको जिम्मेवारी सम्हालेका डा. दिपेन्द्रमरण सिंहलाई भने मन्त्रालय ल्याइएको छ ।३ महिनामात्र कार्यकाल बाँकी रहेका विवादास्पद डाक्टर आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएका छन् ।
१२ औैं तहका डा. दीपेन्द्ररमण सिंहलाई मन्त्रालयमा तानी ११ तहका पनि २० औं बरियताभन्दा मुनि रहेका बिच्छालाई विभागको महानिर्देशक बनाइएको छ । १२ औं तहमा बिच्छाभन्दा २० जना बरिष्ट छन् । तर ३ मनिामात्र बाँकी रहेका बिच्छालाई महानिर्देशक बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाकै दबाबले काम गरेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । डा. बिच्छा स्वास्थ्य अन्तर्गतका जुन ठाउँमा पनि अनियमिततामा बदनाम मानिन्छन् ।
स्वास्थ्य मन्त्रालयबाट तीन महिनाको बीचमा ५ अर्ब रुपैयाँको खोप खरिद गर्ने र त्यसबाट १० प्रतिशत कमिसन कमिसन आउँदा पनि ५० करोड हुने प्रलोभन डा. बिच्छाले आरजुलाईश देखाएकै कारण उनले चर्को दबाब दिएर अवकाशको मुखमा महानिर्देशक बनाइएको चर्चा स्वास्थ्य क्षेत्रमा छ । ५० करोड कमिसन आउने र त्यसले नेपाली कांग्रेसको महाधिवेशनमा पार्टी कब्जा गर्र्न सहज हुने निष्कर्षका साथ आरजुले डा. बिच्छालाई महानिर्देशक बनाएको स्रोत बताउँछ । स्वास्थ्यमा अरबौंको खोप खरिदमा हुने चलखेलकै लागि आरजुले राज्यमन्त्रीमा आरजुले आफ्ना ब्यापारिक साझेदार उमेश श्रेष्ठलाई नियुक्ति गराएको खुलासा भइसकेको छ ।
उमेश श्रेष्ठ राज्यमन्त्री नियुक्त भएपछि श्रीमती आरजुले स्वास्थ्य अन्तर्गतका महानिर्देशकदेखि विभिन्न निकायमा सरुवा गर्न दबाब दिन थालेकी छन् । डा. बिच्छा २०७८ कात्तिक ६ गते अवकाश हुँदैछन् । यसबीचमा खोप खरिद गर्ने र त्यसबाट कमिसन लिई बुझाउने सर्तनामा गरी उनी महानिर्देशक भएको स्रोतको दाबी छ ।सामान्यतया एक बर्ष जागिर अवधि रहेकालाई महत्वपूर्ण जिम्मेवारी दिने प्रचलन छैन । अवकाश हुने बेलामा महत्वपूर्ण जिम्मेवारी दिएमा अनियमितता गर्ने संभावनालाई मध्यनजर राखेरै यस्तो परम्परा कायम हुँदैआएको छ । तर शेरबहादुर देउवा श्रीमती आरजु र साला भूषण राणाको दबाबमा परी १२ औं तहका बरिष्ठ चिकित्सकलाई हटाएर ३ महिनामात्र कार्यकाल बाँकी रहेका डा. बिच्छालाई खोप खरिदमा हुने कमिसनकै लागि महानिर्देशकजस्तो महत्वपूर्ण जिम्मेवारी दिएको आरोप छ ।
डा.आरपी बिच्छा कान्ति बाल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् । कोरोनाका बिरामीको उपचारका लागि कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि काठमाडौं महानगरपालिकाले अनुदान दिएको २ करोड रुपैयाँमा डा. बिच्छाले २० प्रतिशत घुस मागेपछि अहिलेसम्म पनि जडान हुन सकेको छैन । अक्सिजन प्लान्ट राख्नका लागि ठेक्का पाएका डाइग्नोकेम इन्टरनेशनलका संचालक विज्ञान शर्माले ५ प्रतिशतमात्र मुनाफा राखी कम दरमा बोलपत्र पेश गरेकाले २० प्रतिशत कमिसन दिन नसक्ने भनेपछि उनले जडान नै गर्न दिएका छैनन् ।काठमाडौं महानगरपालिका र कान्ति बाल अस्पतालबीच अक्सिजन प्लान्ट राख्नका लागि मेयर शाक्यले नगरसभाबाट दुई करोड विनियोजन गर्ने निर्णय गरेका थिए । र, २०७६ कात्तिक २२ मा अक्सिजन प्लान्ट राख्नका लागि कान्ति बाल अस्पताललाई २ करोड रुपैयाँ अनुदान दिने सम्झौता भएको थियो । तर २०७८ साउनसम्म पनि अक्सिजन प्लान्ट जडान हुनसकेको छैन । निर्देशक बिच्छाले घुस मागेकै कारण अक्सिजन प्लान्ट जडान हुन सकेको छैन । कान्ति बाल अस्पतालका सूचना अधिकारी डा. रमेशनरसिंह केसीले अक्सिजन प्लान्ट नडान हुन नसकेको बताए ।