राजविराज । सप्तरीको भारदह निवासी हाल राजबिराज नगरपालिका –२ निवासी नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र)

का सहयोगी तथा शुभचिन्तक डा. ब्रजेश कुमार झाका पूजनीय पिता कोशी पम्प चन्द्र नहर सिंचाई ब्यब्स्थापन आयोजना, राजबिराजबाट आयोजना प्रमुख ( सि.डि.इ. ) पद बाट अवकाश प्राप्त, अतिमिलनसार, समाजसेवी ,मिजासिलो ब्यवहारका धनी, भद्र, परम आदरणीय ब्यक्तित्व शैलेन्द्र कुमार झाको मिति २०७८ साल साउन १९ गते मंगलबार रातिको साढे नौ वजेको समयमा भएको निधन भएको थियो

यस खबर बाट स्तब्ध एवम मर्माहत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, प्रदेश कमिटी सदस्यत्रय महेश प्रसादयादव, अरुण कुमार साह, छेदी रजक, जिस राजु जयशवाल, प्रेशसंगठन कार्यालय सदस्य देबराम यादव,

अखिलका जिल्ला अध्यक्ष रंजित मण्डल सहितकाले वहाँ पार्थीव शरीरमा फुल,मालावाट भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना मण्डलले गरदै बताए।

यस दुखद घडीमा शोक–संतप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना समेत गर्नु भयो ।