सर्लाही । सर्लाहीको कालिञ्जोर खोलामा १६ वर्षीया किशोरीको शव फेला परेको छ ।

गएको आइतबारदेखि बेपत्ता भएकी १६ वर्षीया किशोरीको शव सर्लाहीको कालिञ्जोर खोलामा फेला परेको हो ।

रानीगन्ज डाँडाटोल निवासी राजन भुजेलकी छोरी प्रिंयका शव गएराति स्थानीय कालीञ्जोर खोलामा फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

घरदेखि करिब ३ किलोमिटरपर टाढा लालबन्दी नगरपालिका–६ मा पर्ने कालिन्जोर खोलाको एकान्त ठाउँमा उनको शव फेला परेको प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।

प्रियंकाको मृत्युको कारण खुल्न सकेको छैन । उनको शव पोष्टमार्टमका लागि मंगलवार राति नै जिल्ला अस्पताल मलंगवा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।