सप्तरी । नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९० हजार ८ सयमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधबार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मुल्य २५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११ सय ८० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।