सप्तरी । सप्तरीको कोशी टप्पुस्थित गोबरगाढाका बाढीपीडितले राहत नपाएको गुनासो गरेका छन्।

राहतको अभावमा बाढीपीडित भोकभोकै बस्न बाध्य हुन्। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार सप्कोशी नदीमा आएको बाढीले विस्थापित भएका छन्। उनीहरु विगत चार दिनदेखि भोकभोकै बसिरहेका छन्।

कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका छन्। वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद, रामस्वरुप, हरिबोध, रामानन्द, कुशेश्वर, भुवनेश्वर, सन्तोश, महेन्द्र यादव लगायतका स्थानीयको घर बाढीको चपेटामा परेको छ ।

अझै घर आँगनमा दुईरतीन फिटसम्म पानी जमिरहेको छ। जसले घरमा बस्ने अवस्था छैन। स्थानीय सीताराम यादवले भने, ‘खाद्यान्न पनि सकिन लाग्यो। अब भोकभोकै मरिने भइयो।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बाढीपीडित परिवारलाई खाद्यान्न लगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताए। उनले बाढीपीडितलाई जतिसक्दो छिटो राहत वितरण गरिने जानकारी दिए। रासस