मोरङ। झापामा बाबु, आमा र ८ महिने छोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

झापाको कन्काइ नगरपालिका-१ मा बाबु, आमा र ८ महिने छोरी आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना रहेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिएका छन् ।

मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । ‘उनीहरु कोभिड पोजेटिभ थिए भनेर अरुले भनेका छन् तर कोकोलाई संक्रमण भएको हो भन्ने खुलेको छैन,’ एसपी भट्टराईले भने ।

घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने एसपी भट्टराईले बताए ।