सप्तरी । नेपाली बजारमा सुनको मूल्य ५०० रूपैयाँ बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ६०० रूपैयाँमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमबार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार १०० रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२०० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।