सप्तरी । नेपाली बजारमा सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९१ हजार १०० रूपैयाँमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधबार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मुल्य स्थिर रहेको छ । मंलबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।