काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५२ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रिदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ । यसैगरी, क्यानेडियन डलरको खरिददर ९२ रुपैयाँ ७० पैसा र बिक्रिदर ९३ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ ।