सप्तरी । नेपाली बजारमा सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला९० हजार ८ सय रूपैयाँमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधवार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । बुधवार प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५ मा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।