उदयपुर । निरन्तर वर्षासँगै परेको चट्याङ्गबाट उदयपुरमा १५ वर्षीय किशोरको मृत्यु भएको छ ।

चट्याङ्गबाट उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा गए राति १५ वर्षीय निशान चौधरीको मृत्यु भएको हो ।

घरमा नै चट्याङ्ग लागेर गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।