सप्तरी । नेपाली बजारमा सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ४ सय रूपैयाँमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतवार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ५ रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतवार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।