सप्तरी । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोही मुल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यस्तै सोमबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मुल्य आज पनि सोही मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, चाँदी हिजो प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।