काठमाडौँ : पाठेघरले आफ्नो ठाउँ छाडेर योनीमार्गतिर झर्नुलाई पाठेघर खस्नु अर्थात आङ खस्नु भनिन्छ। यो एक प्रजनन समस्या हो। पाठेघरलाई अड्याएर राख्ने मांसपेशी कमजोर हुँदा पाठेघर तल खस्ने प्रक्रिया सुरु हुन्छ।

मांशपेसी कमजोर भएपछि पाठेघर मात्रै खस्दैन, यसको अघिल्तिर रहने पिसाब थैली र पछाडिको दिशाको थैलीसमेत योनीमार्ग हुँदै बाहिर

आङ खस्नुका कारणहरु

–सानो उमेरमा विवह गर्नु र बच्चा जन्माउनु,

–धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु,

–दक्ष स्वाथ्यकर्मीद्वारा सुत्केरी नगराउनु वा स्वास्थ्य सेवाको पहुँच नहुनु,

–लामो समयसम्म सुत्केरी व्यथा लाग्नु,

–सुत्केरी अवस्थामा पर्याप्त पोषिलो खाना र स्याहार नपुग्नु,

–गह्रौँ भारी बोक्नु,

– टक्रुक्क बसेर धेरै बेर काम गर्नु

–माथिबाट तलतिर कसेर पटुका बाँध्नु,

– बारम्बार खोकी लागिरहनु

– दिसा कब्जियत हुनु,

–असुरक्षित गर्भपतन गराउनु,

–वंषाणुगत।

बच्ने उपायहरु

–किशोरीहरुलाई पोषिलो खाना खुवाउनु पर्छ ।

–महिलाको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने ।

–२० वर्षको उमेर पुगेपछि मात्र गर्भवती हुने ।

–गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउने ।

–स्वास्थ्य संस्थामा गई दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउने ।

–गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने ।

– गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने ।

–सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने ।

–गर्भावस्था र सुत्केरी अवस्थामा गहृौ भारी नबोक्ने ।

–दोस्रो गर्भको चाहना भए परिवार नियोजनको साधन अपनाई कम्तिमा २ वर्ष पर्खन ।