काठमाडौ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९१ पैसा रहेको जनाएको छ ।

त्यस्तै, एक युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ६० पैसा र बिक्रिदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रिदर ८६ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ ।