सप्तरी । नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९१ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंलवार छापावाला सुन मुल्य प्रतितोला ९० हजार ६ रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

चाँदीको मुल्य भने आज स्थिर रहेको छ । मंगलबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।