काठमाडौं । रामेछापमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसारमा आज विहान बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनमा ज्यान गुमाउँनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको सनाखत भएको छ भने एक जनाको पहिचान खुल्न सकेको छैन् ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट झण्डै आठ सय मिटर तल खसेको छ । घटनास्थलबाट १२ वर्षीय पेम्बा शेर्पाको उद्दार गरिएको छ। घाइते बालक अवस्था गम्भीर रहेको र उनको तामाकोशी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।