कपिलवस्तु । कपिलवस्तुमा यात्रु बाहक बस पल्टिदाँ १८ जना घाइते भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा आज विहान ४ बजे यात्रु बाहक बस पल्टिदाँ १८ जना घाइते भएका हुन् ।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

दुर्घटनामा सामान्य घाइते भएको १३ जना को स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मध्यम घाइते भएका पाँच जनालाई थप उपचारका लागि बुटवल लगिएको छ ।

रुकुमदेखि काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र पाण्डेले बताए । दुर्घटनापछि सवारी चालक फरार रहेको बताइएको छ ।