वीरगञ्ज । पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका १२ स्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोहि महानगरपालिका वडा नं। १५ निवासी उमेश शाहका छोरा १३ वर्षीय प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार शाह रहेको छ ।

शनिबार दिउँसो हराएका दुबै बालकको खोजविनको क्रममा पोखरीमा शव फेला परेको पर्साका प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । दुबै बालकको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको उनले बताए ।