सिरहा । सिरहामा करेन्ट लागेर एक युवकको मृत्यू भएको छ ।

सिरहाको कर्जन्हा नगरपालिकामा बुधवार करेन्ट लागेर एक युवकको मृत्यू भएको हो ।

मृत्यू हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनी कुमार झा रहेका ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाको आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा छोरा झाको करेन्ट लागेर मृत्यू भएको प्रहरीले जानकारी दिए।

करेन्ट लागेर झाकी आमा भने गम्भीर बनेकी छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको प्रहरीले जनाए ।