सप्तरी । नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ८९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधवार छापावाला सुन मुल्य प्रतितोला ९० हजार १०० रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधवार ११ सय ६५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।